www.tandavnews.com
Fact ~ In search of truth

महाशाखाको २४ घण्टे चेतावनी,आज मध्य र पूर्वी पहाडमा बाढीपहिरो सम्भावना

पोखरा ।

मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै आज बाढी पहिरोको सम्भावना रहेको भन्दै सर्तक रहन आग्रह गरेको छ ।

महाशाखाले देशका मध्य र पूर्वी पहाडमा बाढीपहिरोको सम्भावना रहेको जनाएको छ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै बाढी पहिरो आउन सक्ने अनुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार हिजो र अस्तीको तुलनामा आज मध्य र पूर्वी क्षेत्रमा मनसुनी गतिविधि केही सक्रिय हुने भएको छ । पहिलाजस्तो लगातार झरी नपरे पनि मौसम बदली र वर्षा केही बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.