www.tandavnews.com
Fact ~ In search of truth

समयमा काम नगर्ने कर्मचारीलाई सजाय दिन सांसदको माग

पोखरा ।

सेवाग्राहीको काममा ढिला सुस्ती गर्ने कर्मचारीलाई कारबाही गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।

सांसद झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीलाई सास्ती दिने गरि काममा ढिलाई गर्ने कर्मचारीलाई कारबाही हुने गरि कानुनी व्यवस्था गर्न माग गरेका हुन् ।

सत्तारुढ नेकपाका सांसदसमेत रहेका रावलले आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नहुने हो भने सेवाग्राहीहरुले दिनदिनै सास्ती खेप्नुपर्ने अवस्था आउनेतर्फ सरकारलाई सचेत गराएका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले समयमा काम नगर्ने कर्मचारीबाट क्षतिपूर्ति असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.