www.tandavnews.com
Fact ~ In search of truth

सातौँ स्काउट फ्रेन्सीप क्याम्प सम्पन्न

पोखरा,
ताण्डव न्यूज ।

समाजिक कार्यमा सक्रिय नेपाल स्काउट कास्की अन्र्तगतको नव प्रभात स्काउट ट्रुप तथा ओपन कृयुको सातौँ फ्रेन्सीप क्याम्प सम्पन्न भएको छ ।

कार्यक्रमको जिल्ला आयुक्त शारदा पराजुलीले स्काउटको झण्डोत्तलन गरि उद्घाटन गरेकी थिइन् । क्यापमा नव प्रभात स्काउट र महेन्द्र स्काउट ट्रुपका ६० जना स्काउट छात्रछात्रा सहभागी रहेका थिए । कार्यक्रममा युवा समाजसेवी उमा ठकुरी, प्रकाश उदास, स्काउटर अर्जुन नेपाली, अमृत पुन, रुपक श्रेष्ठ, सुर्यप्रसाद ढकाल, जिल्ला समन्वय आयुक्त धिरज थापा सहभागी रहेका थिए ।

विद्यालयका पुर्व प्रध्यानाध्यापक विजयराज भण्डारी, स्काउटका राष्ट्रिय तदर्थ समिति सदस्य शिव बहादुर भण्डारी, क्याम्प चिफ सागर पौडेल, जिल्ला आयुक्त शारदा पराजुलीले कार्यक्रमको सहजीकरण तथा मन्त्व्य राखेका थिए । विद्यालयका प्रध्यानाध्यापक तथा इकाई अध्यक्ष इश्वरी प्रसाद पौडेलको अध्यक्षतामा उक्त फ्रेन्सीप क्याम्प सम्पन्न भएको हो ।

विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान तथा साहसिक कृयाकलापको माध्यमबाट व्यक्तित्व विकासका साथै समाजप्रति उत्तरदायी बनाउने उद्येश्यसहित स्काउटले विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.