www.tandavnews.com
Fact ~ In search of truth

नेकपा भित्र इन्चार्ज र सहइन्चार्ज छनौटका बारे नेताहरुबीच जुहारी

पोखरा ।

नेकपा भित्र इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा नेताहरुबीच जुहारी चलेको छ ।

सैद्धान्तिक सहमति भएको भनिएपनि भित्रभित्रै यही विषयमा नेताहरुबीच विवाद जारी रहेको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पूर्वएमाले पक्षले ४४ र पूर्वमाओवादी केन्द्र पक्षले ३३ जिल्ला इन्चार्ज नेतृत्व लिने सहमति बनेको थियो ।

विभागको संख्याबारे टुंगो लागिसके पनि विभागीय प्रमुखको विषय भने मिलेको छैन ।इन्चार्ज र सहइन्चार्ज चयन कुन ‘मोडालिटी’बाट गर्ने भन्ने तय नहुँदा थप समस्या भइरहेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने अडान अहिले पनि राखिरहेको छ ।

स्रोतकाअनुसार सरकारको काममा एकपछि अर्को गर्दै असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री ओलीले भने हरेक दिनजसो नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाइरहेका छन् ।संगठन विभागमा अहिले सबैभन्दा बढी रस्साकस्सी चलेको छ ।

यही विषयमा शुक्रबार बिहानमात्र अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच पनि भेटवार्ता भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.