www.tandavnews.com
Fact ~ In search of truth

तस्वीर खिच्दा फिस्स हाँस्ने मलेसियाको ह्याण्डसम बोको

 

काठमाडौं ।

माथिको चित्रमा देखिएको बोको मलेसियाको इन्टरनेटमा भयंकर हिट भएको छ । किसानले बोकोको सुन्दर कपाल र दाह्रीसहितको तस्वीर अन्लाइनमा राखेपछि धेरैले मन पराएका छन् ।

Batas

बोकोको नाम रामोस हो । रामोसका मालिक अहमद फादजिर हुन् र उनी पेराक राज्यको केराई शहरमा बस्छन् । सेतो बोकोले क्यामराका लागि पोज दिन मन पराउने अहमद बनाउँछन् ।यो बोको ११ महिनाको भयो । यो स्विट्जरल्यान्डको सानेन प्रजातिको गोरो बोको हो ।

‘बोकोको फोटो भाइरल भइदेला भन्ने अपेक्षा मैले गरेको थिइनँ,’ मुहम्मद लाइभस्टक फार्मका फादजिरले बताए, ‘मसँग अरू १७ वटा सानेन बोका छन् । तर यो चाहिँ सुन्दर छ र यसको कपाल राम्रो छ । मैले उसको तस्वीर खिच्दा ऊ हाँस्छ ।’ एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.