
पोखरा ।
नेपाली महिलाहरुको महान चाड हरितालीका तिज आउन झण्डै दुई महिना बाँकी भएपनि बजारमा नयाँ नयाँ तिजगीत आइसकेका छन् । यसै क्रममा चर्चित गायक तथा सर्जक विनोद ढकालले पनि यस वर्षको पहिलो तीजगीत बजारमा ल्याएका छन् । पछिल्लो समय चर्चित एप्स टिकटकलाई विषय बस्तु बनाए गायक ढकालले ‘टिकटक गरम आउ’ गीत बजारमा ल्याएका हुन् ।
ढकालले गायिका बिमला कुमालसँग सहकार्य गर्दै गीत बजारमा ल्याएका हुन् । उनले आफ्नै अफिसियल यूट्यूब च्यानल विनोद ढकाल मार्फत बजारमा ल्याएका हुन् । टिकटकले गर्दा समाजमा के कस्ता विकृतिहरु भइरहेका छन्, टिकटकको उपयोग कसरी भइरहेको छ भन्ने यथार्थलाई ब्यंग्यत्मक तवरले गायक तथा सर्जक ढकाले शब्दमा उतारेका छन् । म्युजिक ल्याब प्रालीले बजारमा ल्याएको यस गीतमा बिनोद ढकाल र बिमला कुमालले स्वर भरेका छन् । गीतको शब्द तथा लय विनोद ढकालकै रहेको छ ।
गीतको म्युजिक भिडियोमा अभिनय पवन खतिवडा (म्याकुरी), शुशिला निरौला (बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल, राजु बोहरा, लक्ष्मण श्रेष्ठ, कोपिला अधिकारी, बिकल्प ढकाल, मोहन श्रेष्ठ, दिपक भुजेल, विपी सुवेदी,सर्जु श्रेष्ठ लगायतको रहेको छ । गीतको भिडियोको परिकल्पना गायक ढकालले गरेका हुन भने निर्देशन लक्ष्मण श्रेष्ठ गरे । रामकृष्ण चौलागाइँले क्यामेरामा कैद गरेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन ।

हेर्नुस भिडियो
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.