www.tandavnews.com
Fact ~ In search of truth

मेलमिलापको नीति अङ्गीकार गर्ने बिपीकै पार्टी भित्रै छैन मेलमिलाप:केन्द्रीय सदस्य भण्डारी

तनहुँ ।

Lama collectio News Middle

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताएका छन् ।

“मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उनको पार्टी काँग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उनले भने ।

जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस तनहुँले व्यास नगरपालिका–५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताएका छन ।

नेता भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताए । सरकारले जनअपेक्षाअनुसार काम गर्दै जानुपर्ने नेता भण्डारीको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलले राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्ने बिपीको विचार आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताए । सिग्देलले राष्ट्रियता संरक्षणमा बिपीको भूमिका अतुलनीय रहेकाले उनको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस तनहुँका पूर्वसभापति धु्रव वाग्लेले मुलुकको स्वार्थका निम्ति सधैँ लागिरहेका बिपीको विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरे । नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बिपीबाट पाठ सिकेर अहिलेका राजनीतिक दल अघि बढ्नुपर्ने बताए । सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।

वडा कार्यालयसँगको समन्वय र सहकार्यमा बिरुवाको संरक्षण गरिने काँग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop