www.tandavnews.com
Fact ~ In search of truth

दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि बेलायतबाट आर्थिक सहयोग

सुशान्त गाहा मगर,

ताण्डव न्यूज ।

 

 

स्याङ्जाको अर्जन चौपारी गाउँपालिका ६ दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि बेलायतमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । जुनकिरी च्यारिटी ग्रुपका सदस्य, समाजसेवी पार्बती गुरुङको पहलमा संकलित १७ लाख ५ हजार १ सय ५३ रुपैया सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बिच निर्माण समितिलाई प्रदान गरेका हुन् ।

Batas

दरौ–थाप्ले बुद्ध मुर्ति निर्माण समितिका संयोजक बिश्व गुरुङ, संयोजक सदस्य एवम् दरौ थाप्ले लेक भ्यु टावर एण्ड रिसोर्टका अध्यक्ष बलराम गुरुङ तथा निर्माण समितिका कोषाध्यक्ष साबित्री गुरुङलाई पार्वती गुरुङका प्रतिनिधी बिष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे ।

उक्त सहयोग रकम ग्रहण गर्दै निर्माण समितिका संयोजक गुरुङले निर्माणाधिन कार्यमा थप टेवा पुग्ने बताए । उनले बिदेशमा रहेर पनि आफ्नो गाउँठाउँको बिकासको लागि सक्दो सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे । गुरुङले सो स्थानमा बनेको बुद्धको मुर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटनमा समेत प्रर्वद्धन गर्ने बिश्वास ब्यक्त गरे ।

उनले पछिल्लो समय युवा पुस्ता बसाई सरेसँगै गाउँ नजाने प्रबृति बढेको बताए । ‘अहिलेको पुस्ता बजार तिरै हुर्कन्छन उनले भने, हाम्रो बच्चाहरु गाउँ जादा वुबाहरुले यस्तो काम गरे रैछन भनेर बुझ्ने मौका पाउछन हाम्रो पहिचान त्यहाँनेर जोडिन्छ, अहिले बुद्धको प्रतिमा बनेको छ यो समयमै पुरा हुन्छ, यो दरौको मात्रै होईन सिङ्गो गण्डकी प्रदेशकै गहना हो ।’

उनले उक्त मुर्ति निर्माणका लागि आफुले सकेजति सहयोग गर्न सबैमा आग्रह समेत गरेका थिए ।त्यस्तै दरौ थाप्ले लेक भ्यु टावर एण्ड रिसोर्टका अध्यक्ष बलराम गुरुङले स्याङजाको प्रसिद्ध थाप्ले लेकमा निर्माण भैरहेको प्रतिमाले पर्यटनको बिकासमा सघाउ पुग्ने भन्दै ५५ फिट अग्लो बुद्धको मुर्ति बन्ने उल्लेख गरे । उनका अनुसार आगामी बैशाख पुर्णिमा सम्म सम्पन्न हुने उक्त मुर्तिको लागत १ करोड बढि रहेको छ ।

त्यसैगरी सहयोग रकम हस्तान्तरण गर्दै बिष्णु गुरुङले बेलायतमा रहेको आफ्नो बहिनीको पहलकदमीलाई साथ दिदै आर्थिक सहयोग हस्तान्तरण गरेको बताए । उनले हस्तान्तरण गरेको रकम मध्ये जुनकिरी च्यारिटी गु्रप (समाजसेवी माया गुरुङ, बत्ति गुरुङ, रमिला गुरुङ) ले ८५ हजार ३ सय ५७ रुपैया, अन्य ब्यक्तिहरुबाट ८८ हजार २ सय र अन्य रकम सोपाल तमु समाज युकेबाट संकलन गरिएको जानकारी दिए । गुरुङले यसअघि १२ लाख ९४ हजार ८ सय ४७ रुपैया सहयोग हस्तान्तरण गरिसकेको बताए ।

बेलायतमा रहेर समाजसेवा गर्दै आएका पार्वती गुरुङले आफ्नो मातृभुमीमा निर्माणाधिन मुर्तिका लागि सहयोग रकम जुटाउन पहल गर्नु आफ्नो लागि धार्मिक काम भएकाले सन्तुष्टि मिलेको बताईन । ‘एक बारको जिवनमा लोभ लालच केको लागि गर्नु, उनले भनिन्, ‘सबैभन्दा आनन्द, लिदा भन्दा सहयोग दिदाँ हुन्छ त्यसैले सहयोग गर्ने बानीको बिकास सबैमा हुन आवश्यक छ ।

आफुसँग जे जति छ त्यति सहयोग गर्ने हो चाहे १ सय होस या १ लाख नै किन नहोस सहयोग भनेको सहयोग हो ।’ उनले च्यारिटी मार्फत संकलन गरेर सहयोग गरेको रकममा बृद्धि गरेर १ लाख पुर्याउने समेत उनले बताएकी थिईन ।सोही कार्यक्रमका बिच बगालेटोल बस्दै आएका कृष्ण र लक्ष्मी गुरुङले सयुक्त रुपमा १ लाख २ हजार सहयोग समेत हस्तान्तरण गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.