
पोखरा
ताण्डव न्यूज ।
हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा लामाचौर प्राङ्गणमा ‘तीज महोत्सव–०७६ तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।
नव आदर्श सामुदायिक विकास समाजले आगामी भदौ १२ देखि १६ गतेसम्म संचालन गर्ने महोत्सवको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

महोत्सवमा रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिता, अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिता, पवित्र गणेश सप्लायर्स अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, समूहगत तीज गीत प्रतियोगिता, नाकोड्स खुल्ला एकल नृत्य प्रतियोगिता, नरबहादुर बानियाँ, स्मृति गण्डकी प्रदेश स्तरीय सितेरियो कराते प्रतियोगिता हुने संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि नेपाल पुलिस, नेपाल आर्मी, एपिफ, काठमाडौँको न्यू डाइमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल संघ, जावालाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टाइगर्स र सुदुर पश्चिमाञ्चल सहित ८ टिमको सहभागिता रहनेछ ।
विभिन्न खेलकुद, साँस्कृतिक महोत्सवमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले हरेक बर्षजस्तै यस बर्षपनि महोत्सवको आयोजना गरिएको अध्यक्ष बमबहादुर गुरुङले जनाए ।
महोत्सवमा रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ सय ५५ रुपैयाँ, द्धितीय पुरस्कार ६५ हजार ५ रुपैयाँ, तृतीय पुरस्कार २५ हजार ५ रुपैयाँ र उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
अन्तर विद्यालय छात्रा भलिबलको प्रथम पुरस्कार तर्फ २५ हजार ५ रुपैयाँ, द्धितीय तर्फ १५ हजार ५ रुपैयाँ र उत्कृष्ट खेलाडी तर्फ आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक टिमले जानकारी दिए ।
करिब ३७ लाख १२ हजार ५ सय अनुमानित खर्च गरिएको महोत्सव ५ दिनसम्म चल्नेछ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.