www.tandavnews.com
Fact ~ In search of truth

गल्कोटमा पहिरोले पुरिएर एक जनाको मृत्यु , मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ
ताण्डव न्यूज ।

गल्कोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेमा पहिरोले गोठ पुरिदा एक जनाको मृत्यु भएको छ । गएराती देखिको परेको अविरल वर्षासँगै मंगलबार गोठको २० मिटर माथिबाट झरेको पहिरोले गोठभित्र काम गर्दै गरेकी १७ वर्षिय सिता गौतमको पुरिएर ज्यान
गएको हो ।

बिहान करिब साढे ५ बजेको समयमा पहिरो पुरेको गौतमको शव १ घण्टा पछि निकालिएको वडासदस्य पूर्ण बहादुर विकले जानकारी दिए । पहिरोले गोठमा रहेका एक भैसी, एक पाडो र २ ओटा बाख्रा समेत पुरिएका छन् । जनप्रतिनिधिहरु र स्थानियहरुले उद्दार गरिरहेका छन् ।

Batas

यस्तै गल्कोट नगरपालिका वडा नं ७ र ९ को बीचमा रहेको अम्रिसे खोल्सामा आएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बुर्तिवाबबाट छुटेका सवारी साधनहरु र बुर्तिवाब जाने सवारीहरु अम्रिसे खोल्सामा रोकिदा यात्रुहरुले
सास्ती भोग्नु परेको छ ।

मध्यपहाडी लोकमार्गको शाखा सडकको रुपमा खनिएका मोटरबाटोबाट पहिरो गएर बेलबेलामा लोकमार्ग अवरुद्ध हुँदै आएको छ । केहि दिन पहिले पनि सोही अम्रिसे खोल्सामा आएको पहिरो २३ घण्टा लोकमार्ग अवरुद्ध भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.