www.tandavnews.com
Fact ~ In search of truth

पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक

तनहुँ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक रहेको बताएका छन् ।

एकचालिसैं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा व्यास नगर कमिटीद्वारा आज दमौलीमा आयोजना गरिएको कार्यक्रममा उनले भने, “पुष्पलालको मार्गदर्शनलाई कम्युनिष्ट पार्टीले अवलम्बन गरेर अगाडि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ ।”

Batas

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री चुमानले पुष्पलालको मार्गदर्शनलाई जीवन्त राख्दै कम्युनिष्ट आन्दोलनलाई गतिशील बनाउनु अहिलेको मुख्य कार्यभार हो भन्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न पुष्पलालबाट प्रेरणा लिन आवश्यक रहेको बताए ।

बाम बुद्धिजीवी डम्बरदेव कैनीले कम्युनिष्ट आन्दोलनलाई सार्थक बनाउन पुष्पलालले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए । अखिल नेपाल महिला सङ्घ तनहुँका अध्यक्ष मनुमाया श्रेष्ठले पुष्पलालको योगदानलाई चिरस्थायी बनाउन पार्टीका सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।

दलित नेता रामलीला सुवर्णकारले सुखी नेपाली समृद्ध नेपाल बनाउन पुष्पलालबाट प्रेरणा लिनुपर्नेमा जोड दिए । पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष श्रीप्रसाद भट्टराईले पुष्पलालको आदर्शलाई शिरोधार्य गरेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा जिल्लाका दशवटै पालिकाले वृक्षरोपण, प्रवचनलगायत विविध कार्यक्रम गरी स्मृति दिवस मनाइएको सो पार्टीले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.