
पोखरा
ताण्डव न्यूज ।
पोखरामा स्मार्ट सोलार डस्टबीन राख्न सुरु गरिएको छ । मंगलबार बाराहीघाटमा एक कार्यक्रमको आयोजना गर्दै डस्टबीन राख्ने कार्य सुरु भएको हो ।
पोखरा महानगर र फिस्टेल होल्डिङ्स प्रालिको सहकार्यमा डस्टबीन राखिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका मेयर मानबहादुर जिसीले सुरु गरिएको यसप्रकारको डस्टबीनको सहि प्रयोग र निरन्तरकालागि शुभेच्छा राखे । प्रदेश सभा सदस्य राजीव पहारीले यसले भ्रमण वर्ष २०२०लाई सकारात्मक सन्देश दिने अपेक्षा राखे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराई, महानगरपालिकाका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेलगायले सम्बोधन गरे ।
स्मार्ट सोलार डस्टबीनबारे होल्डिङ्सका निर्देशक रेशम गुरुङले प्रकाश पारेका थिए । गुरुङले भने ‘हामीले पोखरामा अहिले ३० वटा डस्टबीन राख्दैछौँ । करिब १५ दिनमा राखिसक्छौँ । स्मार्ट सोलार डस्टबीन भएकाले पोखरा इन्टरनेटको सहयोगमा फ्रि वाइफाई रहनेछ । मोबाइल चार्जीङका लागि व्यवस्था पनि छ ।’
होल्डिङ्सका प्रबन्ध निर्देशक असीम गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.