www.tandavnews.com
Fact ~ In search of truth

महानगरले एच.आई.भी संक्रमितलाई सहयोग नगरेको गुनासो

विनिता सुनार,
ताण्डव न्यूज ।

सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न सफल एचआईभी संक्रमित गोपाल श्रेष्ठले पोखराको गरिमा उच्च पार्दा समेत एचआइभी संक्रमितलाई महानगरपालिकाले सहयोग नगरेको गुनासो गरेका छन् ।

एचआइभी संक्रमित श्रेष्ठ सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति जसले सगरमाथा चढेर आएपछि सरकार र समाजको हेराइमा परिवर्तन आउछ भन्ने सोचे पनि सोचेको जस्तो नभएको बताए ।‘यो अभियान बनेको विश्व भरीको सम्पूर्ण एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट हामी गएका थियौ ।

Batas

यो राष्ट्रिय गौरवको कुरा थियो तरपनि हामीलाई कतैबाट सहयोग भएन ।’ उनले भने – महानगरपालिकाको झण्डा पहिलो पटक बोकेर सगरमाथा चुचुरोमा र्फफराएर आएका थियौ , उहाँहरुले सम्मानत गर्नुभयो तर,जुन हाम्रो समस्या माइनस १५लाख छ त्यसको लागि सरकारसँग पटक पटक गुनासो गरे पनि सुनुवाइ भएन¬’उनले भने ।

उनले एचआइभी संक्रमित शारीरिक तथा मानसिक रुपमा कमजोर हुन्छन् भन्ने धारणालाई हटाउनका लागि सगरमाथा चढ्ने योजना बनाएका थिए ।समाजमा एचआइभी संक्रमितहरु प्रति गरिने व्यवहारमा अझै सुधार भएको छैन, त्यसकारण उनीहरुले एचआइभी संक्रमितबाट जन्मिएका करिब पाँच हजार बालबालिकाहरुलाई उच्चशिक्षा दिने योजना रहेको र यसमा सरकारले चासो नदेखाएको बताए ।

यस्तै पहिलो एचआईभी सार्वजनिककर्ता राजिव काफ्लेले समाजमा एचआइभी संक्रमितलाई हेरिने दृष्टि अझै नकारात्मक रहेको अनुभव सुनाए ।‘औषधी निरन्तर सेवन गर्नुपर्छ अरु मान्छे सरह बाच्न सकिन्छ, तर जीविको पार्जन गर्न भने सबैभन्दा ठुलो समस्या रहनेछ’ उनले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.