www.tandavnews.com
Fact ~ In search of truth

पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक वृद्धको मृत्यु

तनहुँ ।

पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.