
अर्जुन कार्की
बागलुङ/ ताण्डव न्यूज ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा उत्तरगंगा नदिले बगाएर एक जनाको मृत्यु भएको छभने एक जना वेपत्ता भएका छन् ।
ढोरपाटन नगरपालिका–९ नवीगाउँदेखि स्यालपाखे घर जाँदा उत्तरगंगा नदी तर्ने क्रममा बगाउँदा ४५ बर्षिय नर बहादुर विकको मृत्यु भएको छभने २२ बर्षिय सेते विक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्रबहादुर भट्टराईले जानकारी दिए ।

नर बहादुर विकको शव नदीले बगाएर ५ सय मिटर तल पु¥याएको अवस्थामा भेटिएको र बेपत्ता सेते बिकको खोजी भईरहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।बुधबार विहानदैखि परेको अविरल बर्षाले नदिको बहाव बढेको स्थानियले जानकारी दिए । उक्त स्थानमा नदी तर्नको लागि पुल नभएकाले स्थानियहरुले जोखिम मोल्दै वारपार गर्दै आएका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.