www.tandavnews.com
Fact ~ In search of truth

वालिङमा ७० फरार प्रतिवादी पक्राउ

वालिङ ।

विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

पक्राउ परेका ७० मध्ये जरिवाना तिरेर ५१ जना छुटेका छन् भने १९ कैद भुक्तानका लागि कारागार चलान भएका प्रहरी प्रवक्ता भण्डारीले बताए ।सार्वजनिक अपराधका मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, अंशबण्डा, जबर्जस्तीकरणी, सम्बन्ध विच्छेद, कुटपिट तथा लुटपिट, लागुऔषध, ठगी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको प्रवक्ता भण्डारीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.