www.tandavnews.com
Fact ~ In search of truth

गोरखा र्लाबेसी ओडारबाट १६ केजी सुन बरामद

पोखरा ।

गोरखाको एक ओडारबाट १६ केजी सुन बरामद भएको छ ।

गोरखा धार्चे गाउँपालिका–३ स्थित र्लाबेंसी ओडारमा लुकाइछिपाई राखेको अवस्थामा सुन बरामद भएको जिल्ला कार्यालय गोरखाले जनाएको छ । स्रोतको अनुसार सुन स्थानीय धनकमल गुरुङले तिब्बतबाट खच्चडमा बोकाएर ल्याई ओडारमा लुकाएको खुलेको प्रहरीले जनाएको छ ।

Batas

प्रहरीको अनुसार असार ११ गते रातिदेखि हराइरहेका गोरखा चुमनुव्री गाउँपालिकाका गुरुङ हिजो काठमाडौँबाट पक्राउ परेसगैँ उनले दिएको सुचनाको आधारमा सुन बरामद भएको हो । तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि ओडारमा सुन लुकाएर आफु भागेको र सुन उनको नभएको आफु भरिया मात्र भएको गुरुङले बयान दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.