www.tandavnews.com
Fact ~ In search of truth

ग्लोबल रिचको ९ औँ संस्करणमा अष्ट्रेलियन एजुकेसन फेयर हुँदै

पोखरा,

ताण्डव न्यूज ।

पोखरा न्यूरोडमा रहेको ग्लोबल रिच कन्सल्टेन्सीले ९ औँ संस्करणको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ ।

अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै साउन १२ गते ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना हुन लागेको कन्सल्टेन्सीका प्रबन्धक निर्देशक सरिता गुरुङले बताइन् । फेयरमा अष्ट्रेलियाका छुट्टाछुट्टै १२ कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले विद्याथीसँग प्रत्यक्ष परामर्श लिन सकिने उनले जानकारी दिइन ।

फेयरको महत्व बताउँदै उनले विद्यार्थीहरुले अष्ट्रेलिया सँगै बैँकको परामर्श समेत लिन सकिने बताइन् । ‘फेयरमा विद्यार्थीहरुलाई बैँकको शैक्षिक कर्जाको विषयमा समेत परामर्श दिइन्छ,’ उनले भनिन्, ‘अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई यो मेला विशेष प्याकेजको रुपमा रहेको छ ।’

फेयरमा आउने विद्यार्थीहरुका लागि फ्रि एप्लिेकेसन, छात्रबृक्ति, निशुल्क आइईएलटिएस कुपन र विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था रहेको साथै फेयरले विद्यार्थीहरुलाई थप सजिलो बनाउने उनको भनाई थियो । बिगत ४ बर्षदेखि पोखरा शाखामा सेवा दिँदै आएको यस कन्सल्टेन्सीको अष्ट्रेलियासँगै, भुटान, बंगालादेश, श्रीलंका, भारत र नेपाल लगायतका एसियन मुलुकहरुमा कम्पनी सक्रिय रहेको आयोजकले जनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.