
पोखरा ।
निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज ठ्याक्कै एक वर्ष पुग्यो । तर निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
गतवर्ष साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै काठमाडौंमा नेपाल विद्यार्थी संघले निर्मलाको न्यायको माग गर्दै प्रर्दशन गरेको छ ।

नेविसंघले राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारा पक्रिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा विरुद्ध नारा लगाएको जनाइएको छ ।
हत्याको एक वर्ष पुगीसक्दा पनि दोषी पत्ता लगाउन नसक्दा सरकार आलोचित बन्दै आएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.