www.tandavnews.com
Fact ~ In search of truth

पोखरा स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच

पोखरा ।

रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ ।

पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी विद्यार्थीको पुनः अर्को हप्ता परीक्षण गरिने उनले बताए ।

“वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएक छौँ”, बाँस्तोलाले भने । परीक्षणका क्रममा २५ जनाको आँखामा समस्या देखिएपछि क्लबले निःशुल्क औषधि प्रदान गरेको छ । समता स्कूलले विद्यार्थीसँग मासिक १०० लिएर अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.