www.tandavnews.com
Fact ~ In search of truth

धादिङमा दुर्घटना, एकको मृत्यु

धादिङ ।

धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ ।

तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

सडकबाट करीब १५० मिटर तल सवारी खसेपछि गाउँवासीले उद्धार गरी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भयो भने सहचालक गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.