www.tandavnews.com
Fact ~ In search of truth

विप्लव समूहका कास्की सेक्रेटरी सुजन विक पक्राउ

पोखरा ।

 

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ । विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

Batas

विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.