www.tandavnews.com
Fact ~ In search of truth

नेकपा सचिवालय बैठक बस्दै नबसी स्थगित

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ ।

स्कुल विभाग र आयोग विवाद टुंग्याउन आज बस्ने भनिएको बैठक बस्दै नबसी भोली सम्मको लागि स्थगित भएको हो । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोली ३ बजे बस्ने पार्टी स्रोतले जनाएको छ ।

स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा पार्टी भित्र विवाद जारी रहेको छ । सो विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गर्दै आएका छन्।

स्कुल विभाग आफूले पाउनुपर्ने पूर्व माओवादी समूहले दावी गर्दै आएको छ।पूर्व माओवादीले स्कुल विभागलाई ‘बटमलाइन’ बनाउँदै कुनै पनि हालतमा लिइछाड्ने बताएपछि स्कुल विभागमा थप विवाद भएको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.