www.tandavnews.com
Fact ~ In search of truth

सागका लागि कराँते विधाको छनोट प्रतियोगिता साउन १६ गतेदेखि

पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कराँतेको छनोट प्रतियोगिता साउन १६ गतेबाट सुरु हुने भएको छ ।

कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष–महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल कराँते महासंघले जनाएको छ । पहिलो चरणमा पुरुषतर्फ १४ र महिलामा १० खेलाडी छनोट गरिने बताइएको छ ।छनोट सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते एकेडेमी हलमा सञ्चालन गरिनेछ ।

साग खेलकुदमा पुरुषतर्फ ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी माथिका र ८४ केजी माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । महिलामा ५५ केजी, ६०केजी, ६८ केजी र ६८ केजीमाथिका खेलाडीहरुले भाग लिन पाउनेछन् ।

छनोट प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले आयोजना गरेको पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी, राखेप च्याम्पियनसिपका पदक विजेता, महासंघले आयोजना गरेको आधिकारिक राष्ट्रिय प्रतियोगिताका पदक विजेताले पनि छनोट प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.