www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस पर्वतका सचिव श्रेष्ठको निधन

पर्वत।

नेपाली काँग्रेस पर्वतका पार्टी सचिव युक्तप्रसाद श्रेष्ठको निधन भएको छ ।

काठमाण्डौको सामाखुसीमा रहेको सात तले किनमेल केन्द्र हिमालय सिटी सेण्टरको छतबाट खसेर आज दिउसो ५४ वर्षीय श्रेष्ठको निधन भएको नेपाली काँग्रेस पर्वतले जनाएको छ । छतबाट खसेलगत्तै उनलाई उपचारको लागि पिपुल्स् अस्पताल नयाँ बजार लगिएको भए पनि उपचारकै क्रममा निधन भएको हो ।

पर्वतको फलेवास नगरपालिका ६ देवीस्थान घर भएका श्रेष्ठ नेपाली काँग्रेस पर्वतको मनोनित सचिव थिए । उनको परिवार काठमाण्डौमा नै बस्दै आएको छ । श्रेष्ठको दाहसंस्कार र अन्य शोक कार्यक्रमहरूको विषयमा पार्टीभित्र निर्णय हुन बाँकी रहेको र अहिले पोष्टमार्टम गर्ने तयारी भैरहेको काँग्रेस पर्वतका अर्का सचिव विश्वप्रकाश प्रसाईँले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.