www.tandavnews.com
Fact ~ In search of truth

महिला तथा बालबालिकाको बेचविखनतर्फ सरकारले निगरानी बढाउनुपर्छ

काठमाडौं ।

बैदेशिक रोजगारीको नाममा पछिल्लो समय महिला बेचबिखन बढीरहेको छ । बेचबिखन बढ्दो क्रममा रहेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मानव बेचविखन समस्या र कारणबारे आज काठमाडौंमा गरिएको कार्यक्रममा उनीहरुले बैदेशिक रोजगारीको क्रममा महिला र बालबालिकाको बेचबिखन बढ्दो क्रममा रहेकाले त्यसतर्फ सरकारको निगरानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि भएसंगै उनीहरु बेचबिखनमा परेको घटना पनि बढ्न थालेको उनीहरुको भनाई छ ।महिला तथा बालबालिकाहरुको बेचविखनलाई रोक्नको लागि सबैको सहयोग आवश्यक भएको भन्दै उनीहरुले प्रष्ट नीति बनाउन सरकारसंग आग्रह पनि गरेका छन् ।

गरिवी, अशिक्षा, भेदभाव, पछौटेपन र बेरोजगारीको उन्मुलन गर्न सके बेचविखन रोक्न मद्धत पुग्ने उनीहरुको भनाई थियो ।कार्यक्रममा बेचविखन समस्या र चुनौति बिषयमा कार्यपत्र प्रस्तुत गरीएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.