
काठमाडौं ।
विपक्षी नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।
सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै काग्रेस र राजपाका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।
विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका थिए ।विपक्षी दलले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गरेका हुन ।भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ ।
उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन, तर सरकार यसमा सहमत भएको छैन ।संसद अवरुद्ध गरेपछि बुधबार बस्ने गरी संसद बैठक स्थगित भएको छ । अबको बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.