
पोखरा
ताण्डव न्यूज ।
पोखराको सिर्जनाचोकमा सरकारको अनुमति विना सञ्चालनमा रहेको एक मेनपावर कम्पनी सोमबार सिलबन्दी गरिएको छ ।
वैदेशिक रोजगार विभागबाट अनुमति पत्र नलिई सञ्चालनमा रहेको आयुष इन्टरनेसन ओभरसिज सर्भिस प्रालिमा ताला लगाइएको हो । श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख गणेशप्रसाद श्रेष्ठ र कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठको टोलीले अनुगमन गर्दा कुनै पनि कागजात नभेटेपछि मेनवारमा ताला लगाइदिएको हो ।
‘एउटा कोठा भाडामा बोर्ड, कागजात केहि नराखी कम्पनी ठग धन्दा चलाएको रहेछ,’ प्रमुख श्रेष्ठले भने, ‘हामीले पाएको सूचना अनुसार त्यहाँ पुग्दा त्यस्तै देखियो । कार्यालयमा एउटा ल्यापटप र फाईलहरु भेटियो ।’
कार्यालयले त्यहाँ रहेको एउटा ल्यापटप, मोबाइल, फाइलहरु, नगदी रसिदहरु समेत बरामद गरेको छ । कम्पनीका सञ्चालक गजेन्द्र चमारलाई भने जिल्ला प्रशासनमा बयान लिएर छोडिएको छ । कम्पनीबारे थप कारबाहीको लागि बैदेशिक रोजगार विभागमा सिफारिसको तयारी गरिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.