www.tandavnews.com
Fact ~ In search of truth

गोरखा सिरानचोक गाउँपालिकाको ७० करोडको सडक एक महिना नबित्दै भासियो

गोरखा ।

गोरखाको सिरानचोक गाउँपालिकाको सडक बनाएको एक महिना नबित्दै भत्किएको छ ।

७० करोड रुपैयाँ लागत खर्चेर कालोपत्रे गरेको लुइँटेल भञ्ज्याङदेखि चित्रेपोखरीसम्मको सडक भत्केको हो । एशियाली विकास बैंकको ७० करोड रुपैयाँ र स्वीस सरकारको प्राविधिक सहयोगमा लुईँटेल भञ्ज्याङदेखि भच्चेकसम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे गरिएको थियो ।

Batas

दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको उक्त सडकको पहिलो खण्डको १७.६ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले कालोपत्रे गरेको हो । उक्त सडक कालोपत्रेका लागि ४० करोड ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ गोरखाले जनाएको छ ।

१२.९७ किलोमिटरको दोस्रो खण्डका लागि २९ करोड रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएर कालोपत्रे गरिएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.