www.tandavnews.com
Fact ~ In search of truth

सभापति देउवा र काँग्रेस सांसद जीपछिरिङ लामाबीच विवाद

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेस सांसद जीपछिरिङ लामाबीच विवाद भएको छ ।

विज्ञापन नियमनसम्बन्धी विद्येयकको व्यवस्थालाई लिएर दुई नेता बीच जुहारी चलेको हो । लामाले बोर्डमा सदस्य नियुक्त गर्दा समानुपातिक समावेशी सिद्धान्त अनुसार गर्न गरेको प्रस्ताव सभापति देउवाले विरोध गरेसँगै विवाद भएको हो । लामाको प्रस्ताव सहज नभएको र यसले बोर्ड ठुलो हुने बताए ।

विद्येयकलाई छलफल गरेर राम्रो बनाउने नाममा ठुलो बनाउन नहुने सभापति देउवाको भनाई छ । देउवाले समानुपातिक समावेशी नभई समावेशी सिद्धान्तका आधारमा बोर्ड गठन गर्ने प्रस्ताव गरे सांसद लामाले देउवाको प्रस्तावमा सहमति जनाएनन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.