www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ शुक्लागण्डकीका वडा–वडामै अपाङ्गता परिचयपत्र वितरण

तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । उक्त परिचयपत्र वितरण गर्ने अधिकार स्थानीय तहमा आएपछि नगरपालिकाले प्रत्येक वडावडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ ।

नगरपालिकाको वडा नं ३, ११ र १२ का १२६ लाई तथा वडा नं ३ मा ४२, ११ मा ५१ र १२ मा ३३ जनालाई रातो, निलो र पहेँलो रङ्गको उक्त परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

“अपागङ्ता भएका व्यक्तिहरुको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७५ बमोजिम गठित स्थानीय समन्वय समितिको निर्णयअनुसार नगरमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेका हौँ”, उपप्रमुख सविता रसाइलीले भने।

परिचयपत्र वितरणका लागि गत जेठ ८ र ९ गते शारीरिक अवस्था जाँच गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र कार्यविधि–२०७५ अनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिहरुले पनि आगामी एक वर्षभित्र कार्यविधिअनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ गरी चार समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिललाई नीलो, मध्यम अपाङ्गता भएका व्यक्तिलाई पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिलाई सेतो रङको परिचयपत्र उपलब्ध गराइएको थियो ।

कूल ४६० को निवेदन परेकामा शुक्लागण्डकी नगरपालिका अपाङ्गता समन्वय समितिले कार्यविधिको आधारमा ३४१ जनालाई परिचयपत्र वितरण गरिने भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.