
सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।
पोखरामा कलेज स्तरिय पुरुष फुटसल प्रतियोगिता ‘हिमाअज कप २०१९’ हुने भएको छ ।
एस.टी क्रियशन म्यानेजमेन्ट र एपी ईन्टरटेन्मेन्टको सँयुक्त आयोजनामा आगामी (साउन) ३१ र ३२ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
एस.टी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले उक्त प्रतियोगिता भाटभटेनी स्थित स्काई स्पोर्टस्मा सञ्चालन गरिने बताए । उनका अुनसार उक्त प्रतियोगिताको बिजेता टिमले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमलाई ट्रफि, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्रदान गरिने थापाले बताए ।
उनका अनुसार उत्कृष्ट खेलाडी र अनुसाशित खेलाडीलाई जनही १ हजारले समेत पुरस्कृत गरिनेछ । थापाले बिभिन्न कलेजका बिद्यार्थीहरु बिचको भाईचारा सुमधुर बनाउन उक्त प्रतियोगिता आयोजना गरेको बताउदै प्लस टु अध्ययनरत बिद्यार्थीहरुले सहभागिता जनाउन पाउने बताए ।
प्रतियोगिताको खेल संयोजक अर्जुन पाण्डेले पोखरामा रहेका करिब ३० कलेजले उक्त प्रतियोगितामा सहभागी जानकारी दिए । पाण्डेका अनुसार उक्त प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ । उनले दर्ता फर्म २९ गतेसम्म भित्र भरिसक्नुपर्ने बताउदै उनले वैकल्पिक ३ खेलाडी सहित ८ जना खेलाडी हुनुपर्ने बताए । उनका अनुसार दर्ता फारम हिमाअज एजुकेशन कन्सल्टेन्सी, दि मुग्लान रेष्टुरेन्ट एण्ड बारमा पाईने छन् ।
उनले नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको सो प्रतियोगितामा फाईनल खेल हुन अघि आयोजक टिम र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको टिम बिच मैत्रीपुर्ण खेलको आयोजना गरिने समेत जानकारी दिएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.