www.tandavnews.com
Fact ~ In search of truth

हुम्ला स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

हुम्ला ।

हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि पुर्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो ।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए ।

मृतक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पुर्याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए । स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिए ।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.