
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका २८ माझठानामा रहेको एनसेल टावरमा आगजनी भएको छ ।
आगजनीबाट टावरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले बताए । ‘हामी घटना स्थलमा पुग्दैछौ,’ उनले भने, ‘ अागजनी कसले गर्याे र कति क्षती भएको छ भन्ने खुलेको छैन् ।’

बुधबार राति गण्डकी प्रदेशका ६ वटा जिल्लाका एनसेल टावरमा आगजनी भएको हो । कास्की, पर्वत, बागलुङ, म्यादी, तनहुँ, र गोर्खाका विभिन्न ठाउँमा रहेको एनसेल टावरमा आगजनी भएको स्रोतले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.