
काठमाडौं ।
रौटहतमा चर्चा बटुल्न नगरपालिकाका मेयरले आफ्नो फोटो छापिएका झोला विद्यार्थीलाई बाँडेका छन् ।
प्रदेश नम्बर २ मा विद्यार्थीले बोक्ने झोलामा नगरपालिएका मेयरको फोटो छापिएका हुन् । ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान चलिरहेको प्रदेश नम्बर २ अन्तर्गत रौतहट समनपरका विद्यार्थीले बोक्ने झोलामा मेयर श्यामप्रसाद यादवको फोटो छापिएको हो ।
वडा नम्बर ८ को बिलाग्रा माविका छ सय जना विद्यार्थीलाई मेयर यादवको माला लगाएको फोटो भएको झोला वितरण भएको जनाइएको छ। विद्यार्थीलाई बाँडेको झोलामा ‘शिक्षा नै समृद्धिको विकास हो ’ लेखिएको देख्न सकिन्छ । झोलामा लोगोसहित सेवा तथा मित्रता केन्द्र नेपालको पनि नाम छ ।
नगरपालिकाले झोला बाँड्न ९ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ। मेयर यादवले चर्चा बटुल्नका लागि आफुले यस्तो नगरेको झोला बनाउन दिएको कम्पनीले आफ्नो फोटो छापिदिएको,छापिसके पछि मात्र आफुले झोला देखेको भन्दै आफ्नो बचाउ गरेका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.