www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा १८ वर्षमुनिकालाई मदिरा बिक्रीवितरणमा रोक

पर्वत ।

 

पर्वतमा १८ वर्षमुनिकालाई मदिरा किन्न रोक लगाइने भएको छ ।

मदिराजन्य पदार्थको सेवन तथा बिक्री वितरणका कारण अपराधिक र गैरकानूनी क्रियाकलाप दिनदिनै बढ्दै गएकाले मदिरालाई व्यवस्थित गर्न यस्तो कडा नियम लागु गर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको बैठकले १८ वर्ष मुनिकाले मदिरा किन्न नपाउने निर्णय लागु गर्ने निर्णय गरेको हो ।

Batas

सर्वपक्षीय बैठकले कातिृक १५ गतेदेखि माघ १५ गतेसम्म राति ९ बजेसम्म र माघ १६ देखि कार्तिक १४ सम्म राति १० बजेसम्म होटल व्यवसाय बन्द गर्नुपर्ने निर्णय गरेको छ । १८ वर्ष उमेर मुनिकालाई मदिरा बिक्री नगरिने, स्टिकर नलगाइएका मदिरा बिक्री वितरणमा रोक लगाइने निर्णय गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.