www.tandavnews.com
Fact ~ In search of truth

रिक्त स्थानका लागि मंसिरमा उपनिर्वाचन गर्न आयोगलाई सुझाव

काठमाडौं ।

राजनीतिक दलहरुले तीनै तहका रिक्त स्थानहरुमा आउँदो मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

उपनिर्वाचन गराउने विषयमा छलफल गर्न आज निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा दलका प्रतिनिधिहरुले मंसिरमै उपनिर्वाचन सम्पन्न गर्न सुझाव दिएका हुन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको तयारीमा जुट्न आयोगलाई सुझाव दिएका छन् ।

Batas

निर्वाचन आयोगअनुसार विभिन्न कारणले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन स्थानीय तहका प्रमुख तीन, उपप्रमुख दुई र ४१ जना वडाध्यक्ष पद खाली छ । ६ महिना कार्यकाल बाँकी हुदैँ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद रिक्त भए उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । यस्तै स्थानीय तहमा भने एक वर्षभन्दा कम अवधि बाँकी भएको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

तर रिक्त वडासदस्यको हकमा भने उपनिर्वाचनका लागि कुनै कानुन छैन । दलका प्रतिनिधिहरुले निर्वाचनमा देखिएको विकृति हटाउन आचारसंहितामा कडाइ गर्न आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.