
काठमाडौं ।
सेनाबाट भागेका गोरखाका एक सैनिक जवानलाई सैनिक समरी जनरल अदालतले जेल सजाय सुनाएको छ ।
सेनाबाट भागेको १३ वर्षपछि गोरखा, आरुघाट–९ का शक्ति गुरुङ –विक्रम) लाई अदालतले १० वर्ष जेल सजायको फैसला गरेको हो । उनलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी सैनिक अदालतले फैसला सुनाएको जनाइएको छ।

गुरुङमाथि २०६३ मा भएको हातहतियार, गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसूरमा मुद्धा चलेको थियो। स्रोतको अनुसार द्धन्द्धको समयमा गुरुङले ४ सय ५० वटा गोली लिएर भागेको पुष्टि जनाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.