
काठमाडौं ।
कपिलवस्तुमा सत्तारूढ दल समाजवादी पार्टीका स्थानीय नेतामाथि गोली प्रहार भएको छ।
बिहीबार दिउँसो शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।वडा नम्बर ३ सुसरिया पुलनजिक उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। वडा नम्बर ५ घर भएका यादव तौलिहवा गइरहेकोबेला मोटरसाइकलमा सवार दुई जनाले गोली हानेर भागेको प्रहरीले बताएको छ ।

कुममा गोली लागेका यादवको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको जनाइएको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.