www.tandavnews.com
Fact ~ In search of truth

बाजुरामा मध्यरातको पहिरोमा परि आमा–छोरीको मृत्यु, पाँच घाइते

बाजुरा ।

लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६, बसालाको शान्तिटोलमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिटोलका एकैघरका आमा र छोरी रहेका छन् ।पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

Batas

राति करिब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् ।घाइते हुनेमा ९० वर्षीय जंगे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् । जंगे चदाराको गौमुल गाउँपालिकाको घटमुना सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भाटको भनाइ छ ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडासदस्य प्रेम विकले जानकरी दिए ।थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरीचौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ ।

जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.