www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा ८३ प्रतिशत रोपाई , १५ प्रतिशत बाझै रहने सम्भावना

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा यस बर्ष ८३ प्रतिशत धान रोपाई भएको छ । असार ९ गतेदेखि साउन १३ गतेसम्म गरिएको अनुसन्धानबाट ८७ हजार ७ सय ९० हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।

समयमा बर्षा नहुनाले किसानहरुले पोहोरको जस्तो धान रोप्न नसकेको कृषि विकास निर्देशनालयका बरिष्ठ योजना अधिकृत भानुभक्त भट्टराईले बताए । उनका अनुसार मौसमले साथ नदिएकै कारण करिब १५ प्रतिशत क्षेत्रफल अझै बाझै रहने सम्भावना रहेको उनले उल्लेख गरे ।

Batas

स्याङ्जा र कास्कीमा हालसम्म ८५ प्रतिशत रोपाई सकिसकेको छ । जसमा ३५ हजार २ सय ५७ क्षेत्रफल हेक्टरमा रोपाई भएको हो । यस्तै पर्वत र बाग्लुङमा ८० प्रतिशत, म्याग्दिमा ७५ प्रतिशत, तनहु र नवलपुरमा ८८ प्रतिशत, लमजुङमा ७० र गोरखामा ६५ प्रतिशत धान रोपाई भएको भट्टराईले जानकारी दिए । गण्डकी प्रदेशमा ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेक ११ जिल्लामा धान रोपाई भएको छ ।

अहिलेको तथ्याँकअनुसार गोरखा सबैभन्दा कम रोपाई भएको जिल्ला गोरखा रहेको भट्टराईले बताए । ‘सिचाँइको अभाव र आकसेपानिको भरले राम्रोसँग रोपाई हुन सकेन, उनले भने, ‘मुल फुटेपछि मात्र किसानले रोपाई गर्ने हो, जहाँ सिचाईको सुविधा हुन्छ त्यहाँ समयमै रोपिन्छ ।’

बिगतका चार बर्षको तुलनामा गत बर्षको उत्पादन निकै फस्टाएको भट्टराईको भनाई छ । ‘गतबर्ष रोपाईको हिसाबमा पनि क्षेत्रफल बढी थियो,’ उनले भने, ‘तर अहिले मौसमका कारणले पोहोर साल भन्दा धानको उत्पादन निकै घटेको छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.