www.tandavnews.com
Fact ~ In search of truth

मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दाजुभाईको मृत्यु

काठमाडौं ।

Lama collectio News Middle

मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ ।

काठमाडौंको बालाजुचोक स्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र पसी सफा गर्ने क्रममा मजदुरको ज्यान गएको हो ।बिहानै मेलम्चीको पाइप सफा गर्न म्यानहोलबाट छिरेका सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ले जनाएको छ ।

म्यानहोलभित्र छिरेका उनीहरु लामो समयसम्म बाहिर ननिस्केपछि प्रहरीले डोजर लगाएर उनीहरुलाई बाहिर निकालेको जनाइएको छ। बेहोस अवस्थामा बाहिर निकालिएका उनीहरुलाई अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषण गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery