www.tandavnews.com
Fact ~ In search of truth

निर्मला हत्या प्रकरणःअनुसन्धान ‘घटनास्थल’पहिचानमा केन्द्रित

काठमाडौँ ।

 

घटनाको १ वर्ष पुगीसक्दा पनि अपराधी पत्ता नलागिरहेको निर्मला प्रकरणमा कञ्चनपुर प्रहरीले अनुसन्धान जारी राखिरहेको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि भएको हत्याकाण्डमा कञ्चनपुर प्रहरीले ‘घटनास्थल’पहिचानमा केन्द्रित भएर अनुसन्धान गरिरहेको छ । प्रहरीले दुई पाटोको पहिचान र खोजमा आधारित रहेर अनुसन्धान गरिरेको जनाएको छ ।

Batas

निर्मलाको शव उखुबारी भित्र भेटिएको थियो । प्रहरीले शव भेटिएको उखुबारी नै घटनास्थल हो या अन्य स्थानमा बलात्कार र हत्या गरि शव त्यस स्थानमा फालिएको हो भन्ने विषयमा केन्द्रित भई अनुसन्धान गरिरहेको जनाएको छ ।

अर्को पाटो शंकास्पद व्यक्तिहरुको पहिचान, यसअघि अनुसन्धानको दायरामा नआएका र घटनाको समयमा त्यहाँ नरहेकाहरुको खोजी र उनीहरुसँग सोधपुछ गरिरहेको छ ।
दिनकै एक-दुई जनासँग घटनाबारे सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

घटना भएको वर्षदिन पुग्दा पनि घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै सरकारको आलोचना हुदैँ आएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.