www.tandavnews.com
Fact ~ In search of truth

विप्लवको पाँच महिने आर्थिक अभियान सुरु

काठमाडौँ ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पाँच महिने आर्थिक अभियान सुरु गरेको छ । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वका पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीले पाँच महिने आर्थिक अभियान सुरु गरेको जानकारी दिएका छन् ।

पार्टीको अभियानमा सहयोग र समर्थन गर्न विज्ञप्तिमार्फत अपिल गरिएको छ । जनताको सहयोग र समर्थनबिना पार्टी क्रियाशील असम्भव रहेको भन्दै देशको राजनीतिक, आर्थिक, आर्थिक, साँस्कृतिक संकटको समाधान क्रान्तिले मात्र सम्भव रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीले असारदेखि कात्तिकसम्म पाँच महिने आर्थिक सहयोग अभियान सञ्चालन गरेको हो । आर्थिक अभियानका क्रममा पार्टीले कारबाही गरेका र पार्टी छाडेर भागेकाहरुसँग सतर्क रहन आग्रह गरिएको छ ।
देशमा भ्रष्टाचारी, तस्कर, सुराकी, कमिनसखोर, लुटेरा, ठगहरु बढीरहेको भन्दै आर्थिक अभियानको नाममा पार्टीले कारबाही गरेका, भगौडा र सरकारसँग मिलेमतो गरिरहेकाहरुले दुरुपयोग गर्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.