www.tandavnews.com
Fact ~ In search of truth

विदेश भ्रमणमा गएका दाहाल परिवार स्वदेश फिर्ता

काठमाडौं।

 

विदेश भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् ।

श्रीमती र दुई छोरीसहित पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष दाहाल गएराति स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर उनी गत मंगलबार दुबई घुम्न गएका थिए ।छोरा प्रकाश दाहालको असामयिक निधन भएयता सीताको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनलाई जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी लागेको चिकित्सकहरुले बताएका छन् ।

Batas

सीतालाई सान्त्वना दिनकै लागि अध्यक्ष दाहाल देश विदेशका विभिन्न ठाउँमा गइरहन्छन् । यसैका लागि दाहाल परिवारसहित दुबई भ्रमणमा गएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.