
काठमाडौं ।
काँग्रेसले मंसिरभित्र क्रियाशील सदस्यता बाँड्ने भएको छ ।
नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि मात्रै केन्द्रिय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको काँग्रेस स्रोतले जनाएको छ ।
सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच विधान अनुसार देशैभर अन्तरिम संरचना बनाउने, मंसिरभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यसपछि बस्ने केन्द्रीय समितिले महाधिवेशनको मिति तय गर्ने सहमति भएपछि कांग्रेसमा देखिएको विवाद तत्कालका लागि मत्थर भएको छ।
सभापति देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। सभापति देउवाले विधानमा भएको व्यवस्थाअनुसार नै एक वर्ष कार्यकाल थप गर्ने बताइसकेका छन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.