
सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।
पोखरामा आगामी (साउन) २२ गते पोखरामा लागु पदार्थ सचेतना तथा डिफेन्स करियर काउन्सेलिङ हुने भएको छ ।
नेपाल फिजिकल टे«निङ एशोशियसन क्षेत्रिय समिति पोखराले युवा लक्षित डिफेन्स करियर काउन्सेलिङ कार्यक्रमको आयोजना गर्न लागेको आईतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
नेपाल फिजिकल टे«निङ एशोशियसन क्षेत्रिय समिति पोखराका अध्यक्ष गज बहादुर गुरुङले ३ हजार बढि युवाहरुको सहभागिता रहने उक्त कार्यक्रममा बिशेष ब्यक्तित्वहरुले युवाहरुलाई करियरको बारेमा काउन्सेलिङ दिने बताए ।
उनका अनुसार नेपाल आर्मीका पश्चिम पृतनापति उपरथी काजी बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बावुराम पाण्डे, राष्ट्रिय अनुसन्धान बिभाग गण्डकी प्रदेश प्रमुख अनुसन्धान निर्देशक डि.आई.जी कुलदेब थापा लगायतले काउन्सेलिङमा सहजीकरण गर्नेछन् भने लागुपदार्थ सम्बन्धी जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा नेपाल फिजिकल ट्रेनिङ एशोशियसन क्षेत्रिय समिति धरान र नेपाल फिजिकल टे«निङ एशोशियसन क्षेत्रिय समिति काठमाडौंमा सञ्चालित ट्रेनिङ सेन्टरका युवाहरुको उल्लेख्य सहभागिता रहेको उनले बताए ।
अध्यक्ष गुरुङले ब्रिटिश आर्मी, सिङ्गापुर पुलिस र भारतिय सेना भर्ती छनौटबाट फालिएका युवाहरुलाई सोही अनुरुपकै अवसर नेपालको बिभिन्न बिद्यामा रहने कुराको जागृत गराउने उद्देश्य सहित कार्यक्रममो आयोजना गर्न लागेको बताए ।
‘भर्ती हुने उमेर भनेको साढे १७ देखी साढे २१ हुन्छ, यो उमेरमा लाहुरे हुने उनीहरुको अत्याधिक डिजाएर हुन्छ, उनले भने यदि नभएको खण्डमा कुलतमा फस्ने, लागुपर्दा सेवन गर्ने र अनैतिक काममा फस्न सक्ने भएकाले सेल्फ डिफेन्स करियर कार्यक्रमको आयोजना गरेका हौं ।’
त्यस्तै नेपाल फिजिकल ट्रेनिङ एशोशियसनका अध्यक्ष मिन बहादुर गुरुङले रक्तदान कार्यक्रमको आयोजना गरि गण्डकी प्रदेशमै अत्याधिक (६ सय ३९) युनिट संकलन गरेको बताउदै समाज रुपान्तरणका लागि युवा लक्षित लागु पदार्थ सचेतना तथा डिफेन्स करियर काउन्सेलिङको आयोजना गर्न गैरहेको उल्लेख गरे ।
उनले युवाहरुलाई भर्ती मात्र नभई नैतिकवान बनाउन समेत फिजिकल टे«निङ सेन्टरको कर्तब्य रहेको बताउदै प्रत्यक्ष प्रभाव पार्ने गरि केन्द्रीय समितिकै अवधारणा अनुरुप डिफेन्स करियर काउन्सेलिङको आयोजना गरेको बताए ।
उनले यस बर्ष ब्रिटिश आर्मी र सिङ्गापुर पुलिसमा गरी १२ हजारले आवेदन फारम भरेको बताए । उनले भने, ‘नेपालभरबाट कुल ५ सय ५२ जनाको कोटा रहेको छ ।
भर्ती नहुने बाँकी ११ हजार ४ सय ४८ युवाहरुले आफ्नो पढाईलाई निरन्तरता नै दिन सक्छन् नत करियर नै चिन्न सक्छन। त्यसैले उनीहरु राईट ट्रयाकमा लागुन, कुलतमा नफसुन अनैतिक र पुर्ण जिम्मेवारी बन्न सकुन भन्ने हेतुका साथ डिफेन्स करियर काउन्सेलिङ कार्यक्रम गर्न लागेको हौं ।’ उनले थपे, यो कार्यक्रम एकदमै प्रभावकारी रहनेमा हामी बिश्वस्त छौं ।’
पोखरा सभागृह हलमा हुने औपचारिक कार्यक्रम पुर्व अमरसिंहचोक बाट र्याली सुरु भई बुद्धचोक, पृथ्वीचोक नयाँबजार, चिप्लेढुङ्गा, न्युरोड हुदै सभागृहमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.