
बागलुङ,
ताण्डव न्यूज ।
बागलुङको तमानखोलामा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेलामा आईतबार राती गएको पहिरोले पुर्दा ४५ वर्षिय सन्तकुमारी श्रीपालीको ज्यान गएको छभने ७० बर्षिय अन्ठारी श्रीपाली र १२ बर्षिय प्रविण श्रीपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै पहिरोमा परी ७ जना घाईते भएका छन् । घाईतेहरु मध्य १ जनाको अवस्था गम्भिर रहेको र सवै घाईतेहरुलाई उपचारको लागि बुर्तिबाङ ल्याइन लागेको प्रहरीले जनाएको छ ।
मध्यरातमा घरमाथिबाट आएको पहिरोले ५ घर पुरिएका छन् । घटनास्थलमा अहिले प्रहरी र स्थानियले उद्धार गरिरहेका छन् ।यस्तै बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको तुरतुरे तालमा बाढि आउँदा तालको ६० प्रतिशत पानी बगेको छ ।
पानीको बहाव बढेसँगै मध्यपहाडी लोकमार्गको २०० मिटर सडक बगाउँदा सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध बन्दा बडिगाड गाउँपालिका हुँदै ढोरपाटन नगरपालिका, बुटवल, रुकुम तर्फ जाने सवारीसाधन विचमै रोकिएका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.