www.tandavnews.com
Fact ~ In search of truth

गोरखाका सांसदले भने,‘पालुंटारलाई स्मार्ट सिटी बनाउने भन्ने बीच बजारबाट हाइटेन्सन लाइन लैजाने ?’

पोखरा

ताण्डव न्यूज ।

गोरखाको पालुंटारनगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना केन्द्र सरकार र प्रदेश सरकार दुबैको छ । अहिले त्यही पालुंटारको बजारको मध्यभाग हुँदै दोर्दी हाइड्रो पावरको प्रशारण लाइन विस्तार गर्ने विषयले स्थानीय आन्दोलित पनि बनेका छन् । सोही विषयलाई गोरखाका सांसद प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्यले प्रदेशसभा मार्फत गण्डकी सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले यस विषयमा गण्डकी सरकारले गम्भीर हुन आग्रह गरे । ‘गोरखाको पालुंटार बजारको मुख्यभाग हुँदै हाइटेन्सन लाइन विस्तारको तयारी हुँदैछ,’ उनले भने, ‘तत्कालै प्रदेश सरकारले यसको नेतृत्व लिएर बजार क्षेत्र बाट विस्तार नगरी अन्य विकल्पका ठाउँबाट लाइन विस्तार गर्न निर्देशन दियोस् । पालुंटारलाई स्मार्ट सिटी बनाउने कुरा गर्दैगर्दा अब्यवस्थित विद्युत विस्तार निम्त्याउने अप्ठ्यारोको लागि बेलैमा सचेत हुन जरुरी छ ।’

Batas

त्यस्तै अर्का सांसद हरिशरण आचार्यले पालुंटार बजारलाई बीचमा चिरेर लैजान लागेको विद्युत विस्तारलाई त्यहाँबाट लैजान नहुने बताए । ‘दोर्दी आयोजनाको विद्युत विस्तार गर्दा पालुंटार बजारको बीचलाई चिरेर लैजान लागिएको छ,’ उनले भने, ‘यसरी विद्युत विस्तार हुने क्षेत्रको १४ किलो मिटरको दायाँ ५० र बायाँ ५० मिटरमा कुनै पनि संरचना बनाउन पाइँदैन । पालुंटार नगरपालिकालाई स्मार्ट सिटी घोषणा गर्दैैगर्दा यस्तो कामले कस्तो सिटी बन्ला ? सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले बाढी पहिरोले प्रदेशका धेरै जिल्लामा ठुलो क्षति पु¥याएको र जनताहरु प्रभावित भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण पनि गराए ।  सांसद दवाडीले गोरखाको लुइँटेल भञ्ज्याङ, सिरान्चोक भच्चेक सडक खण्ड पिच नहुँदै उप्कीने, ठाउँमा सडक नै चर्किने, महिना दिन पनि नटिक्ने ग्याबीन वाल लगाउने गरेको पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले गोरखकाली रबर उद्योग सञ्चालनको विषयमा केहि दिन अघि अर्थ तथा विकास समितिले उद्योग मन्त्रीसँग जवाफ मागेको र जवाफमा पछिल्लो अपडेट थाहा छैन भनेर मन्त्रीले भन्नु निकम्मा बताए । ‘विकास समितिले त्यसको स्थलगत अध्ययन नै गरी यसरी चलाउन सकिन्छ भनेर प्रतिबेदन नै बुझाएको अबस्थामा प्रदेश सरकारले केन्द्र सरकारसँग के काम ग¥यो मन्त्रीले जवाफ दिनु पर्छकी पर्दैन ?’ उनले प्रश्न गरे ।

प्रदेश सरकारबाट बजेट विनियोजन भएर सञ्चालनमा रहेका आयोजनाको अबस्था के छ भन्नेबारे प्रदेश सांसदहरुलाई थाहै नदिइकन योजनाहरु फछ्र्यौट गरिएको प्रति पनि उनले आपत्ती जनाए ।
त्यस्तै सरकारले आर्थिक समृद्धिको मुल आधार पर्यटन मानिरहँदा बारपाक सुलिकोटमा रहेको तामाखानी, सीता गुफा, अजिरकोटको ढुंगाखानी, सिरान्डाँडाको चियाबगान, धार्चेको तल्लो मनास्लु पदमार्ग, राङरुङ–बारपाक हुँदै लाप्राक जाने पदमार्ग, दुधपोखरी पदमार्ग, नागेपोखरी पदमार्ग, चुमनुब्रीको रुइला नाका, पालुंटारको बूढीकोट विर्सन नहुने उनको भनाई थियो ।

उनले लिगलिगकोटमा निर्माण हुने ऐतिहासिक संग्राहलयको काम बेलैमा सुरु गर्न पनि आग्रह गरे । गोरखा दरबार अलपत्र पारेको भन्दै उनले तत्काल काम गराउन सरकारलाई आग्रह गरे । ‘नेपाल एकिकरणको ऐतिहासीक धरोहर गोरखा दरबार भूकम्प गएको बेला देखि खण्डहर छ । गोरखा दरबारको ठेक्का लिने तर, सरकारको दम्भमा अहिले सम्म काम अगाडी नबढाउने किन भइरहेको छ ?’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘१२ किलो–बारपाक–लाप्राक सडक खण्ड पटक पटक म्याद थप गरेर ठेकेदारलाई नै किन प्रोत्साहन गरिन्छ सरकार ?’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.