
चितवन ।
चितवन प्रहरीले फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।
गत असार १८ गते राति ११ बजे भरतपुर महानगरपालिका–४ का खगेन्द्र विष्टलाई खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैँडाकोट नगरपालिका–२ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो । घटनामा संलग्न चारमध्ये एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गत असार १८ गते राति ११ बजे भरतपुर–४ निवासी खगेन्द्र विष्टको घर नजिकै हल्ला गर्दै हिँडेको र त्यसो नगर्न आग्रह गर्दा चार जनाको समूहमा रहेका व्यक्तिले विष्टलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
विष्टलाई खुकुरी प्रहार गर्नेमा पक्राउ परेका घिमिरेबाहेक भरतपुर–११ का सुजन लामा, सोही स्थानका सूर्य लामा र माधव चौधरी रहेका छन् । उनीहरुको खोजीकार्य तीव्र पारिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.